'पार्टीभित्र गफाडी खोज्नुपर्‍यो भने केपी ओली भेट्दा हुन्छ भन्नुहुन्थ्यो मदन भण्डारी'

'पार्टीभित्र गफाडी खोज्नुपर्‍यो भने केपी ओली भेट्दा हुन्छ भन्नुहुन्थ्यो मदन भण्डारी'

काठमाडौं । नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले कहिल्यै संगठन नबनाएको बताए । शुक्रबार बबरमहलमा नेकपाको पेशागत विशेष जिल्ला कमिटीको प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले ओलीले नेकपा एमाले बनाएको बताएका हुन्। उनले भने, ‘पूर्वएमालेका साथीहरु भुक्तभोगी छौं। केपी ओलीले कहिल्यै संगठन बनाउनुभएन। नेकपा एमाले उहाँले बनाएको होइन।’

नेता नेपालले ओलीका कारण देशकै शीर निहुरिएको भन्दै कम्युनिस्ट आन्दोलन कलंकित भएको बताए। नेता नेपालले भने, ‛मदन भण्डारी भन्नुहुन्थ्यो – विख्यात गफाडी खोज्नुपरे केपी ओली खोजे हुन्छ। उनी गफाडी हुन्, काम गर्दैनन्। यो कुरा सुनेर ओली बम्किएलान। तर, कुनै चिन्ता छैन। ज्ञानेन्द्रको तानाशाहसँग लड्न कुनै कठीन छैन, हामी लड्छौं र जित्छौं।’

हामीले जनयुद्ध गर्याौं, जनआन्दोलन गर्यौं। तर, केपी ओलीमा गणतन्त्र, संघीयताप्रति अरुचि छ। संविधानप्रति अरुचि छ, नेता नेपालले भने। उनले भने, ‛नेपालको कम्युनिष्ट आन्दोलनमा ओली एउटा प्रवृत्ति हो। उहाँ ढाँटछल, षड्यन्त्र गर्नुहुन्छ। उहाँ के बोल्नुहुन्छ भन्ने दुनियाँलाई थाहा छ। सुन्दा लज्जावोध हुन्छ।’