प्रधानमन्त्रीको स्वागतमा गएनन् मुख्यमन्त्री भट्ट

प्रधानमन्त्रीको स्वागतमा गएनन् मुख्यमन्त्री भट्ट

धनगढी । धनगढी आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न उनी निकटका नेता कार्यकर्ताहरु धनगढी विमानस्थलमा पुगे पनि मुख्यमन्त्री त्रिलोचन भट्ट भने गएनन्। विगतमा प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरु उपस्थित हुने भए पनि यो पटक सरकारका प्रतिनिधिहरु नदेखिएका हुन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कुनै पनि जानकारी नदिइएकाले प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल नगइएको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। 

जानकारी नै नभएको कार्यक्रममा आउने भनेकै भरमा स्वागत गर्न नजाने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।