हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै राप्रपाले प्रदर्शन गर्ने

हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै राप्रपाले प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाको माग राख्दै सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको राप्रपाको सचिवालय कार्य व्यवस्था समितिको बैठकले भ्रष्टाचार, धर्म परिवर्तन र कोरोना महामारी नियन्त्रणका विषयमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको बैठकले वेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा जनप्रदर्शनको घोषणा गरेको हो ।

पुस १२ गते सम्पूर्ण सतहत्तर जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने र पन्ध्र देखि पच्चिस भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।

राप्रपाले पुस १२ गते देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला सहरहरूमा मोटरसाइकल र्‍याली गर्ने राप्रपाले जनाएको छ । चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम घोषणा गर्ने राप्रपाको तयारी छ ।