ओली–प्रचण्डको खल्तीमा भावी मन्त्रीहरूको लिस्ट, यी हुन् पक्का भएका नेता (सूचीसहित)

ओली–प्रचण्डको खल्तीमा भावी मन्त्रीहरूको लिस्ट, यी हुन् पक्का भएका नेता (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा जुटेका छन् । यसक्रममा उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटक–पटक छलफल गरिसकेका छन् ।

ओली र प्रचण्डबीच आइतवार मध्याह्न पनि छलफल भएको थियो । मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुगेको नेकपा उच्च स्रोतले नेपाल डेलीलाई जानकारी दियो ।

स्रोतका अनुसार पार्टी अध्यक्षद्यव ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपालको खल्तीमा मन्त्री बनाउने नेताहरूको आ-आफ्नै लिस्ट छ ।

तीनै नेताको कोटा सुरक्षित गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ ।

हाल मन्त्रिपरिषद्मा माधव नेपाल पक्षको उपस्थिति कमजोर छ । माधव नेपालको कोटामा पनि केही थप मन्त्री पर्नेछन् ।

यी हुन् नेताका खल्तीमा भएका नाम

मन्त्री बन्नेहरूको सूचीमा पहिलो नाम छ, कृष्ण गोपाल श्रेष्ठको । काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद श्रेष्ठ मन्त्री बन्ने लगभग पक्का भएको छ । उनी ओली कोटाका हुन् ।

प्रचण्डको कोटामा पम्फा भुसाल मन्त्री बन्ने पक्कापक्की भएको छ । पूर्वमाओवादी खेमामा रामबहादुर थापा बादल उपगुटको प्रतिनिधित्व पनि भुसालले गर्छिन् ।

यसैगरी माधव नेपालको कोटामा यज्ञराज सुनुवारको नाम मन्त्री बन्ने सूचीमा छ ।

मन्त्री बन्नेहरूको सूचीमा नेकपा महासचिव विष्णु पौडेल र प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरको नाम पनि छ ।

यद्यपि यी दुई नेता भने आफूले चाहेको मन्त्रालय नपाएको खण्डमा सरकारमा नजाने सम्भावना पनि उत्तिकै छ ।

उनीहरूले चाहेको खण्डमा मन्त्री बन्न सक्नेछन् ।

मन्त्री बन्ने पक्कापक्की भएका नेता :

पम्फा भुसाल

कृष्णगोपाल श्रेष्ठ

यज्ञराज सुनुवार

गणेश ठगुन्ना

खगराज अधिकारी

सम्भावित अन्य नेताहरू :

विष्णु पौडेल

भीम रावल

जनार्दन शर्मा

सुरेन्द्र पाण्डे

टोपबहादुर रायमाझी

देवेन्द्र पौडेल

महेश बस्नेत

अन्य केही नेताको नाम पनि सम्भावित मन्त्रीको सूचीमा छ ।

माथिका ५ जना भने पक्कापक्की जस्तै छन् । तल्लो सूचीमा कति जना पर्ने भन्ने कुरा मन्त्रिपरिषद् कति संख्यामा पुनर्गठन हुने भन्नेमा भर पर्नेछ ।