नेकपाको विवाद यसरी हुँदैछ समाधान, दुबै अध्यक्षले राजीनामा दिने !

नेकपाको विवाद यसरी हुँदैछ समाधान, दुबै अध्यक्षले राजीनामा दिने !

काठमाडौं । गत असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेपछि शुरु भएको विवाद समााधानउन्मुख रहेको नेकपा स्रोतले बताएको छ । स्रोतको अनुसार जारी विवाद समाधानका लागि महाधिवेशनको मिति तोक्न प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तयार भएका छन् । 

त्यसो त गत शनिबार महासचिव विष्णु पौडेलसँगको भेटमै प्रचण्डले दुबै अध्यक्षले राजीनामा दिने र महाधिवेशन आयोजक कमिटी बनाएर विवाद समाधान गर्ने प्रस्ताव ओलीलाई पठाएका थिए । आफूनिकट नेताहरुसँगको परामर्शपछि ओली केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेर महाधिवेशनको मिति तोक्न सकारात्मक भएका छन् । तर ओलीले दुबै अध्यक्षले राजीनामा दिने सवालमा २ अध्यक्ष थप छलफलमा बस्नुपर्ने बताएका  छन् । 

ओलीले दुबै अध्यक्षले राजीनामा दिने हो भने महाधिवेशन आयोजक कमिटीको संयोजक प्रचण्ड पनि हुन नहुने तर्क अगाडि सारेका छन् । दोस्रो तहका नेताहरु सम्मिलित एउटा कमिटी बनाएर महाधिवेशनसम्म पार्टीको कार्यकारी अधिकार सोहि कमिटीलाई दिन सकिने ओलीको प्रस्ताव छ । 

ओलीले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी नदिने बताएका छन् । तर त्यसको लागि ओलीले आफूलाई सर्वोच्च नेताको पद नेकपामा तय गरिनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपाल समूह पनि ओलीले अध्यक्षमा उम्मेद्वारी नदिएमा उनले भनेजस्तो पद नेकपामा जना गर्न सकिने बताएका छन् । 

प्रचण्डले महाधिवेशन आयोजक कमिटीको संयोजकमा दाबी नगरे उनले भनेजस्तै दुबै अध्यक्षले पाटीबाट राजीनामा दिन ओली तयार भएको वालुवाटार स्रोतले बतायो । महाधिवेशनको मिति तोक्न दुबै अध्यक्ष तयार भएकोले सचिवालयमार्फत महाधिवेशनको मिति घोषणा गरेर नेकपाको जारी विवाद हल गर्न दुबै समूह तयारीमा लागेका छन् । 

नछुटाउनुस्, यो पनि :

स्वास्थ्य रिपोर्ट, जनकपुरदेखि जग्गा प्रकरणसम्मको तुष जसले एकजुट हुन दिएको छैन पूर्व एमाले