आइसोलेसनमा रहेका प्रचण्डले ओलीलाई पठाए नयाँ प्रस्ताव

आइसोलेसनमा रहेका प्रचण्डले ओलीलाई पठाए नयाँ प्रस्ताव

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल आइसोलेसनमा रहेका छन् । आफ्ना सुरक्षाकर्मीमा कोरोना देखिएपछि प्रचण्ड ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन्  । 

प्रचण्डका छ जना सुरक्षाकर्मीहरूलाई कोरोना देखिएको थियो । यद्दपी प्रचण्ड लगायत उनको परिवारको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो । 

प्रचण्ड आइसोलेसनमा बसेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीसँगको वार्ता स्थागित हुँदै आएको छ । अध्यक्षद्धयबीच वार्ता हुन नसक्दा नेकपाको जारी विवाद थप लम्भिने देखिएको छ ।  सम्बादविहिनतको अवस्था चिर्न भन्दै शनिबार ओलीनिकट मानिने संसदीय दलका उपनेता सुवास नेम्वाड, महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेलले खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए । 

ओलीको सन्देश बोकेर खुमलटार पुगेका उनीहरुलाई प्रचण्डले वार्ताबाट कुनै सहमति निस्कने सम्भावना नदेखेकोले वार्तामा बस्ने जाँगर हराएको प्रतिक्रिया दिएका थिए । आफ्ना एजेण्डाबाट ओली टसमस नहुने गरेको भन्दै प्रचण्डले ओलीलाई सहमतिको लागि कुन-कुन विषयमा लचिलो बन्नेहो त्यसको विवरण पठाउन महासचिव पौडेललाई आग्रह गरेका थिए । 

साथै भेटमा प्रचण्डले सहमतिको लागि दुबै अध्यक्षले राजीनामा दिनुपर्ने हो भने पनि आफू त्यसको लागि पनि तयार रहेको सन्देश ओलीलाई पठाएको स्रोतको दाबी छ । 

महाधिवेशनको मिति तोकेर महाधिवेशन आयोजक कमिटी गठन गर्ने र दुबै अध्यक्ष सो कमिटीमा रहने गरी राजीनामा दिन सकिने प्रचण्डको प्रस्ताव छ । ओली महाधिवेशनमा नउठ्ने हो भने तत्काल सहमतिको लागि दुबै अध्यक्षले राजीनामा दिन सकिने प्रचण्डले प्रस्ताव गरेको स्रोतको दाबी छ । 

पढ्नुहोस्, यो पनि :

पूर्व माओवादीका यी ५ 'रक्षाकवच' जसले प्रधानमन्त्री ओलीको संकट टार्न भूमिका खेलिरहेका छन् !