प्रधानमन्त्रीको ध्यान भारतसँगको सम्बन्ध सुधार्नेभन्दा बिगार्नेतर्फ गयो : कमल थापा

प्रधानमन्त्रीको ध्यान भारतसँगको सम्बन्ध सुधार्नेभन्दा बिगार्नेतर्फ गयो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालका प्रधानमन्त्रीस्तरबाट उट्पट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु अनुपयुक्त भएको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले सोमबारको एक कार्यक्रममा भारतले नक्कली अयोध्या खडा गरी सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त टिप्पणी गरेका हुन्। 

उनले प्रधानमन्त्रीको ध्यान भारतसँगको सम्बन्ध सुधार्नेभन्दा बिगार्नेतर्फ गएजस्तो देखिएको बताएका छन् । बरु अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न पनि उनले आग्रह गरेका छन्। 

उनले ट्वीटमा भनेका छन्, प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन। भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन।