ओली – प्रचण्ड वार्ता जारी, स्थायी कमिटी बैठक स्थगित

ओली – प्रचण्ड वार्ता जारी, स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारूढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता जारीछ । स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित गर्दै निकास खोज्ने अध्यक्षद्वयबीच वार्त सुरु भएको हो । यसअघि आइतबार प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा भएको वार्ता सकारात्मक भएको भनिए पनि कुनै निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता सुरू भएको हो ।

प्रधानमन्त्री ओलीको कार्यशैलीले सरकार र पार्टी दुबै असफल एवं अलोकप्रिय भएको निचोडसहित अधिकांश स्थायी कमिटी सदस्यले ओलीलाई दुबै पद छोड्न दबाब दिएपछि पार्टीमा विवाद सृजना भएको थियो ।  आइतबारको वार्तामा ओलीले विगतका कमी कमजोरी सच्याउँदै जाने तर सरकार नछाड्ने र पार्टीको सेरमोनियल अध्यक्षको भूमिकामा रहने बताएका थिए । 

वार्ताको तयारीस्वरूप आइतबार ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा दाहालका तर्फबाट ऊर्जामन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य वर्षमान पुन र जनार्दन शर्मा सहभागीको अनौपचारिक कार्यदल समेत बनाइएको थियो ।