नेकपा विवाद सुल्झाउने उत्तरी प्रयास: वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगिन् चिनियाँ राजदूत

नेकपा विवाद सुल्झाउने उत्तरी प्रयास: वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगिन् चिनियाँ राजदूत

काठमाडौं । नेपालका लागिचिनियाँ राजदूत होउ यान्छी र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच  भेटवार्ताभएको छ। आइतबार साँझ नेपाल निवास कोटेश्वरमा भएको भेटमा

नेकपामा बिद्यमान अन्तरपार्टी संघर्षमा उक्त भेट केन्द्रित रहेको बताइएको छ।  पार्टीमा भएको पछिल्लो अवस्था बारेमा राजदूत यान्छीले  चासो राखेको माधव नेपाल निकट स्रोतले जनाएको छ।

त्यस्तै राजदूत यान्छीले माधव नेपाललाई पार्टीलाई एकताबद्ध बनाउन पहल गर्न पनि यान्छीले आग्रह गरेको स्रोतको दावी छ। यसअघि विवाद उत्कर्षमा पुग्दा राजदूत होउले प्रधानमन्त्री केपी शर्मा ओली,नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लगत्तै माधव नेपालसँग  वार्ता गरेकी थिइन्।