कुन-कुन मन्त्रालय कांग्रेसलाई दिंदैछन् ओलीले ?

कुन-कुन मन्त्रालय कांग्रेसलाई दिंदैछन् ओलीले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि आफ्ना दुतको रुपमा नेता सुवास नेम्वाङलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पठाएका छन् । नेम्वाङले देउवासँगको भेटमा ओलीको तर्फबाट सरकारमा सहभागि भएपछिको पावर सेयरिङसम्बन्धी वार्ता गरेको स्रोतको दाबी छ । 

त्यसो त यसअघि गत असार १७ मा देउवाले ओलीसँग भेटवार्ता गार्द नै ओलीले आकर्षक मन्त्रालयको प्रलोभन देखाएका थिए । आज नेम्वाङले भने कांग्रेसलाई गृह र अर्थमन्त्रालय दिने प्रस्ताव गरेका थिए । 

नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले यदि कांग्रेसले साथ दिने हो भने कांग्रेसलाई गृह अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय समेत दिन सकिने बताएका थिए । जवाफमा देउवाले पार्टीमा छलफल गरेर निर्णय लिने बताएका थिए । 

आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले ओली र प्रचण्ड दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको र दुबै पक्षलाई पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएको विवरण सुनाएका थिए ।