ओली-प्रचण्डबीचको वार्ता सकियो, के भयो सहमति ?

ओली-प्रचण्डबीचको वार्ता सकियो, के भयो सहमति ?

काठमाडौं । नेकपाको विवाद मिलाउन भन्दै सुरू भएकाे प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल बीचको वार्ता सकिएको छ । बालुवाटारमा भएको वार्तामा दुई नेताबीच पछिल्ला दिनमा विकशित राजनीतिक विवादका सवै विषयमा छलफल भएपनि कुनै निर्णय भने हुन सकेन । 

दुई अध्यक्षबीच विवाद समाधानको लागि विभिन्न पक्षमा गहिराईमा कुराकानी भएपनि सहमतिको आधार पहिल्याउन सकेका थिएनन् । उनीहरुले भोलि ११ बजेभन्दा अगाडि फेरि वार्तामा बसेर सहमति खाेज्ने निर्णयको साथ आजको वार्ता टुङ्ग्याएका थिए ।  

भोलि स्थायी समिति बैठक पनि बस्दैछ । ११ बजे बस्ने स्थायी समिति बैठक बस्ने भएकोले त्यसअघि वार्तामार्फत विवाद अन्त्य गर्ने दुई नेताबीच सहमति भएको स्रोतले बतायो । आजको बैठकमा दुवै पक्षले सशंकित तुल्याउने कुनै पनि गतिविधि नगर्ने पनि अनौपचारिक सहमति भएको छ। 

ओलीइत्तरका नेताहरु भने स्थायी समितिमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने तयारी छन्। तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

आजको वार्तामा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागि रहेका थिए ।

साक्षीका रुपमा ओलीका तर्फबाट महासचिव पौडेल र पोखरेल तथा प्रचण्डपक्षबाट शर्मा र पुन सहभागि भएका हुन् । यसअघि शुक्रबार ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा सहभागि भएपनि आजको वार्तामा पोखरेल र पुन थप भएका हुन् ।