पार्टी कुनै एक व्याक्तिकाे पेवा होइन, कमिटीगत रुपमा भएका निर्णय सबैले मान्नुपर्छ: नेकपा नेतृ दिलु पन्त

पार्टी कुनै एक व्याक्तिकाे पेवा होइन, कमिटीगत रुपमा भएका निर्णय सबैले मान्नुपर्छ: नेकपा नेतृ दिलु पन्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यतिबेला आन्तरिक विवाद छ। खासगरि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट कोहि पनि सन्तुष्ट हुन सकेका छैनन् । उनीमा व्याक्तिवादी सोच हावी हुँदै गएको अन्य नेताहरुको ठहर छ। अरुको कुरा सुन्नै नचाहने स्वभाबका ओली पार्टीभित्रैबाट एक्लिंदै गएका छन् । प्रम ओलीले पार्टीभित्र स्वेच्छाचारी रुपमा अगाडी  बढेकाले अहिलेको अवस्था सिर्जना भएका नेकपाकै कतिपय नेताहरु बताउँछन्। 
     
असार दश गतेबाट नेकपा स्थायी कमिटीको बैठक जारी छ । बैठकको सुरुकै दिनदेखी स्थायी कमिटी सदस्यहरुको असन्तुष्टी छतासुल्ल हुँदै आएको छ । बैठकको दोश्रो र तेश्रो दिन अनुपस्थित ओली तेश्रो दिन चाहिं जननेता मदन भण्डारीको ६९ औं जन्म जयन्ती को अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागि मात्र भएनन्र त्यहाँ उनले भारतले आफूँलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको र आफ्नै दलका अन्य नेता प्रयोग भएको सम्म भन्न भ्याए । उनको उक्त भनाइको सर्वत्र बिरोध भयो र त्यसपछिको स्थायी कमिटीको बैठकमा नेताहरुले पालैपालो बिरोध जनाए । अर्का  अध्यक्ष प्रचण्डले बोल्ने क्रममा प्रधानमन्त्री ओलीले कुटनितिक मर्यादा बिपरित बिरुद्द बोलेको र प्रमको राजीनामा भारतले नभै आफूले मागेको स्पष्टोक्ति दिए । त्यसपछि बोल्ने ओली इत्तरका स्थायी कमिटी सदस्यले प्रचण्डकै कुरामा समर्थन जनाई प्रधानमन्त्री ओलीको राजीनामा मागे।

नेकपाको आन्तरिक बिवादले राजनितीमा नयाँ तरंग उत्पन्न भएको छ । ४५ सदस्यीय स्थायी कमिटीमा ओली स्पष्ट अल्पमतमा देखिन्छन् । ओली इत्तर समुहका नेताहरु ओलीले प्रमबाट राजीनामा दिनुपर्ने अन्यथा बहुमतको निर्णयबाट भएपनि हटाउने गरी लागिरहेका छन् । उता कार्यकर्ताहरु चाहिं पार्टी बिभाजनको दिशा तर्फ जाने होकी भनेर चिन्तित देखिन्छन् ।

नेताहरुलाई खबरदारी गर्ने उद्देश्यले शुक्रबार  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी केन्द्रीय सदस्यहरु लगायतका नेता कार्यकर्ता हरुले सांकेतिक बिरोध  गरेका छन् । नेकपा केन्द्रीय सदस्यहरु डा। बिजय पौडेल, जगन्नाथ खतिवडा, हिमाल शर्मा, दिलु पन्त, रामकुमारी झंक्री, ठाकुर गैह्रे, लेखनाथ न्यौपाने लगयतका युवा नेताहरुको अगुवाईमा भएको उक्त कार्यक्रममा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेकपा केन्द्रीय सदस्य दिलु पन्तले पार्टी सांच्चै पार्टी जस्तो बनाउन सके यस्ता आन्तरिक बिवादहरु आफै समाधान हुने बताइन् । पार्टी कुनै एक व्याक्तिको पेवा होइन, कमिटीगत रुपमा भएका निर्णयहरुको सबैले पालना गर्नुपर्ने उनको भनाई थियो । शीर्ष नेताहरु कोहि पनि ठुलो सानो हुनुहुन्न, पार्टीमा सबैले सबैको अस्तित्वको सम्मान गर्न सक्नुपर्छ । सकेसम्म सहमती बाट निकास खोजिनुपर्ने र यदि सहमती सम्भव नभए बहुमतले गरेको निर्णय सबैले मान्नुपर्ने उनको तर्क थियो । 'नेतामा व्याक्तिवादी सोच हावी हुँदा पार्टी लथालिंग, गतिहिन अवश्थामा पुगेको छ । यसलाई सुधार्नुको बिकल्प छैन । पार्टीभित्र समस्याहरु उत्पन्न हुन्छन तर सल्लाह सहाकार्यमा नै निकास निकाल्नुपर्छ', उनले भनिन् ।