निर्णायक माेडमा नेकपा: स्थायी कमिटी बैठक बस्दै, बैठकअघि दुई अध्यक्षबीच छलफल

निर्णायक माेडमा नेकपा: स्थायी कमिटी बैठक बस्दै, बैठकअघि दुई अध्यक्षबीच छलफल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठक आज पनि बस्दैछ।

विवाद समाधानका लागि भन्दै शुक्रबारकाे स्थायी कमिटि बैठक एक दिनका लागि स्थगित गरिएको थियो।

बैठक बिहान ११ बजे बस्दैछ।

बैठकअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमतिका लागि छलफल हुने जनाइएको छ।

आजकाेे बैठकले नेकपाकाे भाग्यकाे फैसला गर्ने पनि बताइएकाे छ ।