पार्टीलाई फुटबाट जोगाउन दबाब दिन नेकपाका केन्द्रीय सदस्यहरु धुम्बाराहीमा भेला

पार्टीलाई फुटबाट जोगाउन दबाब दिन नेकपाका केन्द्रीय सदस्यहरु धुम्बाराहीमा भेला

काठमाडौं । पार्टीको शीर्ष नेताबीचको विवादले पार्टी नै फुटको संघारमा पुगेपछि नेकपाका नेता तथा कार्यकर्तामा संशय पैदा भएको छ । पार्टी एकताको एकाध वर्षमै फुट बेहोरेमा जनतामाझ सकारात्मक सन्देश जनाने भन्दै नेकपाको दोस्रो तहका नेताहरु पनि विवाद मिलाउन प्रयासरत छन् । अब भने नेकपाका केन्द्रीय सदस्यहरु पनि विवाद मिलाउन र पार्टीलाई फुटबाट जोगाउन नेतृत्व तहका नेताहरुलाई दबाब दिन कस्सिएका छन् ।

शुक्रबार बिहानैबाट पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यहरु भेला हुन थालेका हुन् । उनीहरुले कमी कमजोरी सच्याएर मिल्नुको विकल्प नभएको विषयमा नेतृत्वलाई दबाब दिने जनाएका छन् । रामकुमारी झाक्री, ठाकुर गैरे लगायतको अगुवाईमा नेकपाका केन्द्रीय सदस्यहरु भेला भइरहेका हुन् ।

प्रधानमन्त्रीको राजीनामाको विषयलाई लिएर विवाद चुलिएपछि पार्टी फुटको संघारमा छ । तर जुनकुनै हालतमा पनि पार्टी फुट्न नहुने पक्षमा उभिन नेतृत्वलाई दबाब दिन आफूहरु भेला भइरहेको नेतृ झाक्रीले बताइन् । 

पार्टी एकताको स्प्रीडअनुसार विवाद मिलाएर सहमतिमै सरकार र पार्टी सञ्चाजनको वातावरण बनाउन उनीहरुले शीर्ष नेताहरुलाई दबाब दिने भएका छन् ।