ओलीसँग निर्णायक वार्ताको लागि बालुवाटार पुगे प्रचण्ड

ओलीसँग निर्णायक वार्ताको लागि बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । पार्टी चरम विवादमा फसेपछि निकास खोज्न भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सरकारले व्यवस्थापिक संसद स्थगित गर्ने निर्णयसँगै पार्टी फूटको खतरा भएको भन्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक  छलफल गर्न बालुवाटार पुगेका हुन ।

प्रधानमन्त्री ओलीको पछिल्लो कदमले पार्टी फुटनिकट रहेको चर्चा चलिरहँदा  ओली र प्रचण्डबीचको आज हुने वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

यसअघि बिहिबार राष्ट्रपतिलाई भेटेर फर्केका प्रचण्डले पार्टी फूटको गम्भीर खतरा भएको बताएका थिए । फेरिपनि पार्टी एकतालाई जोगाउन हदैसम्मको प्रयत्न गर्ने प्रचण्डको भनाइ थियो । 

यता प्रधानमन्त्री ओलीले भने पार्टीले जे सुकै निर्णय गरेपनि आफूले प्रधानमन्त्री र अध्यक्षबाट राजिनामा नदिने अडान लिएका छन् । ओलीको यो अडानका कारण पार्टीमा फूटको गम्भीर खतरा देखिएको हो ।

स्थायी कमिटीको बैठक आज बस्ने भनिएपनि अध्यक्षद्धयको वार्ता र त्यसपछिको विकशित घटनाक्रमलाई हेरेर समय तय गरिने भएको छ । ओली सहमति र सहकार्यबाट पछि हटेमा स्थायी कमिटी बैठकको औतित्य नहुने भन्दै ओलीको धारणपछि यसबारे निर्णय हुने नेकपा स्रोतले बतायो ।