मन्त्रिपरिषद बैठकबाट ओलीले गराए यस्तो निर्णय, पार्टी फुटाउन मिल्ने गरि अध्यादेश ल्याउन लागेको आशंका

मन्त्रिपरिषद बैठकबाट ओलीले गराए यस्तो निर्णय, पार्टी फुटाउन मिल्ने गरि अध्यादेश ल्याउन लागेको आशंका

काठमाडौं । मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज १२ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले स‌ंसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने एकल निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आजै साँझ पाँच बजेदेखि संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै उनले पुनस् पार्टी फुटाउन मिल्ने गरि अध्यादेश ल्याउन लागेको आशंका चुलिएको छ। संसद अधिवेशन चलिरहेका बेला अध्यादेश जारी गर्न नमिल्ने संवैधानिक व्यवस्था छ। 

यसअघि वैशाख पहिलो साता पनि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए।  पार्टीभित्र र बाहिर चरम विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए।

हालको कानुन अनुसार कुनैपनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ। प्रधानमन्त्री ओलीको पक्षमा हाल संसदीय दलमा ४० प्रतिशत सदस्य रहेको तर केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य पुग्ने अवस्था छैन।

यस्तोमा प्रधानमन्त्री ओलीले संसदीय दलमा मात्र ४० प्रतिशत पुर्‍याउँदा पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश जारी गर्न सक्छन्।

बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटेका थिए।