नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक शुरु भएको हो। बैठकमा सरकारको कामका बारेमा समीक्षा भइरहेको छ। 

यस अघि हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्माले सरकार ढाल्न खोजिएको भन्ने अभिव्यक्तिबारे जानकारी दिन स्थायी कमिटी सदस्यहरुले माग गरेका छन्। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले सरकार ढाल्न खोजिएको बिषयमा जवाफ माग गरेका हुन् । 

प्रधानमन्त्रीले असार १४ गते सिमा नेपाल भारत सीमा विवादको बिषयलाई लिएर सरकार ढाल्न रणनीति भइरहेको बताएका थिए।  सरकारलाई हटाउने नाममा काठमाडौंका होटल र दूतावासहरुले गतिविधि बढाएको प्रधानमन्त्रीले दाबी गरेका थिए।  हिजोको बैठकमा प्रचण्ड लगायतका १७ नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा समेत माग गरेका थिए ।