स्थायी कमिटी बैठकमा ओलीको चर्को आलोचना, प्रचण्डले भने-'प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुस्'

स्थायी कमिटी बैठकमा ओलीको चर्को आलोचना, प्रचण्डले भने-'प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुस्'

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको चर्को आलोचना भएको छ । सोमबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर बैठकमा उनको चर्को आलोचना भएको हो । मदन भण्डारीको जन्मजयन्ती कार्यक्रममा ओलीले भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागेको अभिव्यक्ती दिएका थिए । 

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै ओलीविरुद्ध आक्रमक देखिएका थिए । उनले भारतले सरकार ढाल्न ओज्यो भनेको के हो ? कस्ले भन्यो भारतले सरकार ढाल्न लागिपर्यो ?भनेर भनेर प्रश्न गरेका थिए । 'यस्त हावा कुरा गरेर पार्टी र देशको बेइज्जत नगर्नुहोस् । तपाईबाट पार लाग्ने देखिएन । अध्यक्ष र सरकार दुबै पदबाट राजीनामा दिनुहोस् । यसरी पार्टी र सरकर दुबै चल्दैनन्' प्रचण्डको भनाइ उध्रित गर्दै एक स्थायी समितिका नेताले भने । 

बैठकमा बोल्ने अधिकांश नेताहरुले ओलीको चर्को आलोचना गरेका थिए । पार्टीमा छलफलै नगरी सरकारले विवादास्पद काम गरेर जनतामा भ्रम फैलाएका आरोप नेताहरुको थियो । 

ओलीले भने नेकपा स्थायी कमिटी बैठकमा भएका कुराकानी भारतिय मिडियामा हुवहु आएको भन्दै भारतिय दलालहरु आफ्नै पार्टीभित्र रहेको बताएका थिए ।