एमसीसीको विपक्षमा मतदान गर्न भन्दै सांसदलाई विप्लव नेकपाले पठायो यस्तो पत्र

एमसीसीको विपक्षमा मतदान गर्न भन्दै सांसदलाई विप्लव नेकपाले पठायो यस्तो पत्र

कठमाडाैं । नेत्र बिक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले एमसीसीको विपक्षमा मतदान गर्न सांसदलाई पत्राचार गरेको छ ।  अमेरिकाले नेपाललाई दिने भनेको  विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको विपक्षमा मतदान गर्न भन्दै नेकपाले कञ्चनपुरका सांसदलाई पत्राचार गरेको हो ।

बिहीबार प्रतिनिधी र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात सांसदलाई नेकपा कञ्चनपुरले पत्राचार गरेको हो । नेकपा कञ्चनपुरका इन्चार्ज सहदेवले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले एमसीसीको विपक्षमा उभिन आग्रह स्वरुप पत्राचार गरेको बताए । उनले इमेल मार्फत सबै सांसदलाई पत्राचार गरेका छन् ।

क्षेत्र नम्बर १ कि सांसद् तथा खानेपानी मन्त्री समेत रहेकी बिना मगर, २ का नर बहादुर धामी र ३का डा. दिपक प्रकाश भट्ट सहित प्रतिनिधी सभा सदस्य निरुदेवी पाल, बिना बुढाथोकी र राष्ट्रिय सभाद्वय ईन्दु कडरिया(विष्ट), तारा भट्टलाई पत्राचार गरेको  हो । 

राष्ट्रघाती एमसीसी सम्झौता खारेजी सम्बन्धमा बुझाएको पत्रमा प्रत्यक्ष रुपमा अमेरिकन साम्राज्यवादको नेपालमा नाङ्गो  हस्तक्षेप बढ्ने उल्लेख गरिएको छ । 

हेर्नुहोस् संसदलाई पठाइएको पत्र