परिश्रमिकबारे पलले उठाएका गम्भिर प्रश्न

परिश्रमिकबारे पलले उठाएका गम्भिर प्रश्न

काठमाडौं । संसारको सबैभन्दा सजिलो काम के होला ? बैज्ञानिक भन्छन्, आँखा झिम्क्याउनु । तर व्यवहार भन्छ, सबैभन्दा सजिलो काम त मिठा गफ लगाएर मानिसलाई भ्रममा पार्नु पो रहेछ । 

यसरी मिठा गफ गरेर भ्रममा पार्ने काम देशका प्रधानमन्त्रीले मात्रै गरेका छैनन्, मनोरञ्जन क्षेत्रका निर्माताहरु पनि यसका उदाहरण हुन् । यसैको पर्दाफास गरेका छन्, नायक पल शाहले ।

सञ्चार माध्यममा कुन कलाकारले कति लाख सम्मको पारिश्रमिक पाए भन्ने समाचारले फिल्म प्रदर्शन हुनुअघि बजार तताएपनि त्यो कुरामा खासै सत्यता नपाइएको कुरा उक्त स्ट्याटसले जनाउँछ ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत केहि प्रश्नहरु तेस्र्याएका छन्, जसमा परिश्रम अनुसार पारिश्रमिक नपाइएको कुरा देखि पैसा लिन हातखुट्टा नै जोड्नुपरेका कुरा लेखिएका छन् ।

यो कुरामा हालसम्म कुनै पनि निर्माताले जवाफ दिएका छैनन् । बरु फ्यानहरुले भने सत् प्रतिशत उनको कुरामा साथ दिएका छन् ।

बलिउड कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै बलिउड र नेपाली फिल्म क्षेत्रमा समेत नाताबाद, कृपाबाद र समुहवादका बहस चलिरहेको छ । त्यसैलाई मध्यनजर गर्दै उनले परिश्रम अनुसारको पारिश्रमिक नपाउँदा पनि कलाकारको मानसिक स्वास्थ्य खलबलिन सक्ने बताएका हुन् । 

हेर्नुस्, पलको स्ट्याटस :