नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीसहितका विषयमा छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीसहितका विषयमा छलफल हुने

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज बस्दैै छ ।

प्रत्येक ३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक गत पुष महिनायता बस्न सकेको थिएन ।

 अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजाे भएको भेटवार्तापछि बैठककाे एजेन्डा तय भएकाे थियाे।

जसअनुसार स्थायी समितिको बैठकमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को अनुमोदन, एक व्यक्ति एक नेता कार्यान्वयन, सरकार र पार्टीको कामको समीक्षा, सीमा विषय र कोरोना संकट मुख्य एजेण्डा रहने तय भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान ११ बजे बैठक बस्नेछ ।