नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भिडिओ वार्ता जारी

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भिडिओ वार्ता जारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीचको भिडियो कन्फरेन्स सुरू भएको छ । भिडियो कन्फरेन्समा सहभागी नेकपाका नेतचाहरू नेकपाको पार्टी कार्यालय धुम्बराहीबाट भिडिओ कन्फरेन्समा सहभागिता जनाएका छन् ।

भिडिओ कन्फरेन्समा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेताहरू सहभागी छन्।
त्यस्तै सीपीसीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओलगायतका नेता सहभागी रहेको नेकपाले जनाएको छ।

बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिस्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचारविरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ।

अनुभव आदानप्रदान गर्नका लागि नेकपाको स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले संयुक्तरूपमा भिडिओ कन्फरेन्स शुरू गरेका हुन्। नेताहरूले समूह बनाएर कन्फरेन्समा भाग लिइरहेको नेकपाले जनाएको छ।