लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको क्षेत्र अब कानुनी रुपमा नेपाली भूभाग, राष्ट्रपतिबाट भयो विधेयक प्रमाणीकरण

लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको क्षेत्र अब कानुनी रुपमा नेपाली भूभाग, राष्ट्रपतिबाट भयो विधेयक प्रमाणीकरण

काठमाडौँः लिपुलेक, कालापानी तथा लिम्पियाधुरासहितको नेपाली भूभाग अब संवैधानिक तथा कानुनी रुपमा नै नेपाली क्षेत्र कायम भएको छ । बिहीबार राष्ट्रियसभाबाट पारित विधेयक आजै राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो । विधेयक प्रमाणीकरणसँगै अब संविधानको अनुसूचीमा रहेको निशान छाप पनि फेरिनेछ । 

प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनमा विधेयक सर्वसम्मत पारित भएको हो। बिहीबारमात्र राष्ट्रियसभाले विधेयक पारित गरेको थियो। सोको जानकारी बिहीबार नै प्रतिनिधिसभालाई गराइएको थियो। 

संविधान संशोधनसँगै अब औपचारिक रुपमा निशान छाप परिवर्तन भएको छ। नयाँ नक्सा पनि संविधानको अनुसूचीमा सामेल हुनेछ।