रुकुम घटना छानबिनमा गठित संसदीय विशेष समितिले पायो पूर्णताः संयोजकमा देवेन्द्र पौडेल, को को तोकिए सदस्य?

रुकुम घटना छानबिनमा गठित संसदीय विशेष समितिले पायो पूर्णताः संयोजकमा देवेन्द्र पौडेल, को को तोकिए सदस्य?

काठमाडौंः रुकुमको चौरजहारीमा ६ जनाको ज्यान लिनेगरी भएको घटनाको छानबिनका लागि प्रतिनिधिसभाले ९ सदस्यीय समिति गठन गरेको छ । यसअघि समिति गठनको घोषणा भए पनि पूर्णता पाएको थिएन । सोमबार संयोजक तथा सदस्य मनोनयन गरिएको हो । 

समिति संयोजकमा नेकपा सांसद देवेन्द्र पौडेल रहेका छन् । यस्तै सदस्यहरुमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली स्नेही, विमला विक, महेश्वरजंग गहतरात अथक, मीन विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन्।   

समितिलाई ३० दिनको समय दिइएको छ ।