सीमा अतिक्रमणबारे गायक आनन्द कार्कीको गीतबाटै खबरदारी  (भिडियोसहित)

सीमा अतिक्रमणबारे गायक आनन्द कार्कीको गीतबाटै खबरदारी  (भिडियोसहित)

काठमाडौं । चर्चित गायक आनन्द कार्कीले सीमा अतिक्रमणबारे गीतबाटै खबरदारी गरेका छन् । अहिले देशमा सीमा अतिक्रमण भईरहेको, भ्रष्टाचार बढेको र देशमा शुसाशन नभएको भन्दै गायक कार्कीले गीतबाटै खबरदारी गरेका हुन् ।

 ‘खबरदार’ शीर्षकको गीतमार्फत गायक कार्कीले देशको बेचितिबारे सचेत रहन सपूर्णमा आग्रह गरेका हुन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।  गीतमा गीतकार कृष्णहरी बरालका शब्दमा संगीतकार कमल आनन्दको संगीत सुन्न सकिन्छ ।

गीतलाई लकडाउनकै बेला तयार गरिएको गायक कार्कीको भनाइ छ । गीतको भिडियोलाई गायक कार्कीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

‘यो गीत समसामयिक छ, गायक कार्कीको भनाइ छ । आम नागरिकका तर्फबाट आफुले यो गीत मार्फत देशद्रोही भ्रष्टहरुको खवरदारी गरेको उनले बताए ।

गीतको भिडियोलाई बीरेन तितुङले र राजकुमारले निदेृशन गरेका छन । लोकेश भाटले यसलाई सम्पादन गरेका छन् ।