एजेन्सी । काेराेना भाइरस(काेभिड-१९) संक्रमणबाट पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको मृत्यु भएको छ ।
अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएकाे छ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै आइसोलेसनमा बसेका थिए । घरमा स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको मंगलबार मृत्यु भएको बीबीसीले उल्लेख गरेकाे छ ।
पाकिस्तानमा हालसम्म ७२ हजार संक्रमित भएका छन् भने १५ सय ५३ जनाको मृत्यु भइसकेको छ ।