घर जान पाउनुपर्ने मागसहित रौतहटको क्वारेन्टिनमा बसेकाहरूद्वारा नाराबाजी

घर जान पाउनुपर्ने मागसहित रौतहटको क्वारेन्टिनमा बसेकाहरूद्वारा नाराबाजी

रौतहट ।  रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालय क्वारेन्टिनमा बसेकाहरुले नाराबाजी गरेका छन् । क्वारेन्टिन स्थल अव्यवस्थित भएको, खानाको राम्रो प्रवन्ध नभएको भन्दै क्वारेन्टिनमा बसेकाहरुले आफूहरु घर जान पाउनु पर्ने भन्दै नाराबाजी र होहल्ला गर्न थालेपछि सो स्थान तनावग्रस्त बनेको थियो । 

विवाद उत्पन्न भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी परिचालन गरिएको छ । क्वारेन्टिनमा बसेका व्यक्तिहरुले घरबाटै खाना मगाउने, बाहिर पसलबाट सामान किनेर ल्याउन लगाउने लगायतका गतिविधि गरेपछि विवाद सिर्जना भएको हो । सडकमा ठेलामा फलफूल बेच्नेहरुसँग उनीहरुले क्वारेन्टिन कक्षबाटै सामान मगाउने गरेका छन् । घरबाट खाना लिएर जाने व्यक्तिहरुले क्वारेन्टिनभित्र नै गएर सामान दिन पाउनु पर्ने माग गर्दै विवाद सिर्जना गरेका थिए ।


हाल रौतहटमा विभिन्न १६ नगरपालिका र २ गाँउपालिकाहरुले निर्माण गरेको ३८ क्वारेन्टिनमा ४ हजार १३६ जना बसेका छन ।