एकैदिन १२९ संक्रमित

कर्णालीमा थपिए १५ संक्रमित, ९ सयमा संक्रमण फैलिँदा, बझाङमा भेटियो पहिलो केस

कर्णालीमा थपिए १५ संक्रमित, ९ सयमा संक्रमण फैलिँदा, बझाङमा भेटियो पहिलो केस


सुर्खेतः कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ९ सय नाघेको छ । संक्रमित कूल ९०१ पुगेका छन् ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमित थपिएको पुष्टि गरे ।

विवरण अनुसार संक्रमित सुर्खेत र बझाङका हुन् । जसमा वीरेन्द्रनगर नगरपालिकाका दश जना छन् । जसमा ७ पुरुष र ३ महिला छन् । चौकुने गाउँपालिकाका २ महिला र १ पुरुष छन् । एक जना बझाङका पुरुष रहेका छन् ।

एक जनाको स्थायी ठेगाना खुल्न सकेको छैन ।