संघीय संसद्को लोगो परिवर्तन, नयाँ नक्सा अनुसार अद्यावधिक

संघीय संसद्को लोगो परिवर्तन, नयाँ नक्सा अनुसार अद्यावधिक

काठमाडौंः संघीय संसद् सचिवालयले मंगलबारदेखि लोगो परिवर्तन गरेको छ । कार्यव्यवस्था परामर्श समितिको निर्देशन अनुसार सचिवालयले लोगो परिवर्तन गरेको हो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेपछि सचिवालयले लोगो फेरेको हो । 

सचिवालयका अनुसार उक्त लोगो मंगलबारदेखि नै प्रचलनमा ल्याइएको छ । अब लोगो अनुसारका परिमार्जन गर्नुपर्ने अन्य प्रशासनिक कागजात पनि परिमार्जन हुनेछन् । 

सचिवालयले संघीय संसद्का सदस्यहरुको लोगो परिमार्जनको प्रक्रिया पनि अघि बढाइसकेको छ ।