काठमाडौँ । भारतको झारखण्ड राज्यको रामगढ जिल्लामा शनिबार राति भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।
राँची–पटना राजमार्गअन्तर्गत एनएच–३३ को पैंकी क्षेत्रमा स्कोर्पियो र अर्को एक गाडी राति करिब २ बजे ठोक्किएका थिए । दुर्घटनामा चार बालबालिका, चार महिला र पाँच पुरुष गरी १३ जनाको मृत्यु भएको रामगढ प्रहरीले पुष्टि गरेको छ ।
बिहारको नालन्दा जिल्लास्थित जांघारो गाउँका १४ जना स्कोर्पियोमा चढेर रामगढ जिल्लाको रजरप्पा मन्दिरमा पूजा गर्न जाने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते एक जनाको सदर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।