बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ३ हजार १९५ रुपैयाँ रहेको चाँदी आज ३ हजार २१५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख १२ हजार ७०५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ७५६ रुपैयाँ कायम भएको छ ।