झापा । झापाको भद्रपुरस्थित देउनियाँ पुल माथिबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-७ निवासी अन्दाजी ३५ वर्षीय रणबहादुर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगतको भद्रपुर-३ स्थित देउनियाँ पुलमुनि शनिबार राति प्र १–०१–०१३ प २५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल माथिबाट खस्दा दुर्घटना भएको थियो ।
पुलभन्दा ३० मिटर तल घोप्टो परी मृत अवस्थामा भट्टराईको शव आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव नजिकै सुपर स्प्लेण्डर मोटरसाइकलसमेत रहेको जनाइएको छ ।