राशिफल: आजको दिन आर्थिक, पारिवारिक र स्वास्थ्य दृष्टिकोणले कस्तो रहला?

राशिफल: आजको दिन आर्थिक, पारिवारिक र स्वास्थ्य दृष्टिकोणले कस्तो रहला?
  • मेष: दिन सामान्य नै रहनेछ। बोली र व्यवहारमा एकरुपता कायम राख्नु आवश्यक देखिन्छ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ भने स्वदेशमा गरिएको लगानीले मनमा शान्ति प्रदान गर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

  • वृष: दिन सामान्य छ। सञ्चित धन खर्च हुँदा मन केही अशान्त बन्न सक्छ। सहकर्मीसँगको साझेदारीबाट राहत मिल्नेछ भने रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। शिक्षा क्षेत्रको प्रयास सफल हुनुका साथै वैदेशिक क्षेत्रतर्फ मन आकर्षित हुनेछ।

  • मिथुन: दिन अत्यन्त राम्रो छ। स्वास्थ्यमा सुधार आउनेछ भने परिवारको पूर्ण साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरिएको लगानी र प्राविधिक शिक्षामा राम्रो नतिजा हात लाग्नेछ। थोरै बोलेर अगाडि बढेमा सोचेका कामहरू बन्नेछन्।

  • कर्कट: दिन सामान्य रूपमा राम्रो छ। बोल्दा विशेष विचार पुर्‍याउनुहोला, अन्यथा तपाईंको बोलीले साथीभाइ रुष्ट बन्न सक्छन्। अढैया शनिको प्रभावले आक्रोश बढ्ने जोखिम रहेकाले जन्मकुण्डलीमा शनिदेवको स्थिति हेरेर अगाडि बढ्नु उचित हुन्छ।

  • सिंह: दिन शुभ फलदायी रहेको छ। आम्दानीमा बृद्धि हुनेछ। यद्यपि, स्वदेशमा रोजगारीका विकल्प सीमित देख्दा मन केही उदास हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ र स्वास्थ्यमा सुधार आउनेछ।

  • कन्या: भाग्यस्थानमा चन्द्रमाको उपस्थितi रहेको छ। अरूको द्वन्द्व देखेर तटस्थ बस्दा मन शान्त बन्न सक्छ। चिसोबाट बच्नुपर्नेछ। विपक्षी पक्ष शान्त रहने हुनाले आफ्ना रोकिएका काम बन्नेछन्। परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ।

  • तुला: कला र गलाको प्रभावशाली प्रदर्शन गर्ने दिन छ। शिक्षा क्षेत्रको प्रयास सफल बन्नेछ र संकटको समयमा परिवारको साथ मिल्नेछ। स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

  • वृश्चिक: दिन सामान्य सकारात्मक रहनेछ। आज खर्च बढ्न सक्ने सम्भावना छ। अप्रिय कुरा सुन्नुपर्दा मन अशान्त बन्ने जोखिम रहे पनि स्वास्थ्यमा सुधारका संकेत देखिएका छन्। गरिएको मिहिनेतको उचित प्रतिफल मिल्नेछ।

  • धनु: दिन रमाइलो र राम्रो छ। स्वदेशमै सेवा गर्ने अवसर प्राप्त हुनुका साथै सामाजिक कार्यमा समय बित्नेछ। स्वास्थ्य सुधारका प्रयास सफल बन्नेछन्। तर, अत्यधिक मीठो खानेकुराको मोहले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ, सतर्क रहनुहोला।

  • मकर: मित्रहरूको भरपुर सहयोग मिल्नेछ। सहकार्यमा गरिएको लगानीबाट आर्थिक लाभ हुनेछ। शिक्षाको क्षेत्रमा नतिजा तपाईंको पक्षमा रहनेछ। धार्मिक कार्यमा सहभागिता जनाएमा दिन अझै सहज र आनन्दमय बन्नेछ।

  • कुम्भ: कुनै धार्मिक व्यक्तित्वसँगको भेटघाटले मनमा शान्ति ल्याउनेछ। महत्त्वपूर्ण निर्णय लिनुपर्दा साथीहरूसँग सल्लाह गर्नु राम्रो हुनेछ। शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ भने शिक्षामा गरेको मिहिनेत सार्थक हुनेछ।

  • मीन: समय सामान्य छ। बोली र व्यवहारमा एकरुपता नभएमा आफन्त टाढा पुग्ने जोखिम रहन्छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। सावधानी अपनाएर अघि बढ्नुपर्ने दिन छ।