काठमाडौँ । भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रसचिव अमृतबहादुर राईसँग परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
सो भेटका अवसरमा परराष्ट्रसचिव राईले राजदूत दलेललाई नेपालका लागि भारतीय राजदूतमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल तथा फलदायी कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटका क्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका बारेमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । साथै, दुई देश र जनताको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई थप सुदृढ र प्रगाढ बनाउने उपायहरूबारे समेत छलफल भएको थियो ।