पूर्व कप्तान पारस खड्का आयो रेमिटको ग्लोबल ब्रान्ड एम्बेसडरमा नियुक्त

पूर्व कप्तान पारस खड्का आयो रेमिटको ग्लोबल ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडाै। युके, अस्ट्रेलिया र क्यानडामा सक्रिय रूपमा सेवा प्रदान गर्दै आएको नेपाली स्वामित्वको अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी आयो रेमिट (AYORemit) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लोकप्रिय खेलाडी पारस खड्कालाई आफ्नो ग्लोबल ब्रान्ड एम्बेसडर मा नियुक्त गरेको छ। कम्पनीले छिट्टै युरोपमा पनि आफ्नो सेवा विस्तार गर्ने तयारी गरिरहेको छ।

नेपाली मुलका बेलायतमा स्थापित व्यापारी  कमल भण्डारी आयो रेमिटका अध्यक्ष हुन्।   हस्ताक्षर कार्यक्रममा भण्डारीकाे सहभागिता रहेकाे थियाे।

प्रवासी नेपाली तथा दक्षिण एसियाली समुदायको सेवालाई मुख्य प्राथमिकतामा राखेर स्थापित आयो रेमिटले छिटो, सुरक्षित, सुलभ र भरपर्दो अन्तर्राष्ट्रिय पैसा ट्रान्सफर सेवा प्रदान गर्दै आएको छ।

नेपाली खेलकुद जगतका एक अत्यन्त आदरणीय र प्रेरणादायी व्यक्तित्व पारस खड्काको नेतृत्व कौशल, लगनशीलता र नेपाली क्रिकेटप्रतिको अतुलनीय योगदान दिएका छन्। उनको यो नियुक्तिले विश्वभर छरिएका नेपाली समुदायसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै कम्पनीप्रति विश्वास सुदृढ गर्ने आयो रेमिटको प्रतिबद्धतालाई प्रस्ट पार्ने कम्पनीले जनाएकाे छ।

यस सहकार्यमार्फत, कम्पनीले सुरक्षित र कानुनी माध्यमबाट रेमिट्यान्स पठाउन तथा विदेशमा पसिना बगाएर कमाएको धन भरपर्दो वित्तीय च्यानल मार्फत स्वदेश पठाउनुको महत्त्वबारे जनचेतना जगाउने लक्ष्य राखेको छ।

आफ्नै अत्याधुनिक डिजिटल रेमिट्यान्स प्रविधि, प्रतिस्पर्धी विनिमय दर र न्यूनतम ट्रान्सफर शुल्कसहित आयो रेमिटले एक अग्रगण्य नेपाली-संस्थापित अन्तर्राष्ट्रिय फिनटेक ब्रान्ड बन्ने दूरदृष्टिसहित आफ्नो वैश्विक उपस्थितिलाई निरन्तर विस्तार गरिरहेको छ।

छुटाउनुभयो कि ?