काठमाडौं । स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य ओरालो लागेको छ । सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन सुनको मूल्य तोलामा दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।