दसैं सुरू : हनुमान ढोकाको दसैं घरमा जमरा राखियो

दसैं सुरू : हनुमान ढोकाको दसैं घरमा जमरा राखियो

काठमाडौँ । काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा जमरा राखिएको छ। आइतबार घटस्थापनाको  दिन बिहान उत्तम साइतमा दरबारको दसैँघरमा  विधिपूर्वक जमरा राखिएको हो। 

दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ।दसैँ घरमा राखिएसँगै आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। 

छुटाउनुभयो कि ?