गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार क्षेत्रका घरहरू डुबानमा परेका छन् ।
बाढीले धादिङ र गोरखा जोड्ने आरुघाट पुलको गोरखातर्फको आधा भागसमेत बगाएको छ । नदीको तटीय क्षेत्रमा रहेका अन्य घरहरूमा पनि क्षति पुगेको छ ।