मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने एमालेको निर्णय

मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमाले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले भेला गर्ने निर्णय गरिएको उपमहासचिव लेखराज भट्टले बताए।

उनका अनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित सङ्घ, प्रदेश, पालिकाका जनप्रतिनिधि उपस्थित हुनेछन्। मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको पनि बताए। नगर र वडा अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको बताए।

खाली रहेका १३ वटा जिल्लामा अध्यक्षको स्थानीय कमिटीले नै निर्माण गरेर माथिल्लो कमिटीलाई अनुमोदन गराई कार्यान्वयनमा लैजाने निर्णय भएको पनि बताए। बैठक भोलि १ बजे फेरि पुनः बताए।

छुटाउनुभयो कि ?