काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता विद्या भण्डारीले शपथ लिएकी छन्।
पार्टी मुख्यालय च्यासलमा जारी ११ औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि अध्यक्ष केपी ओलीले शपथ गराएका हुन्।
पूर्वराष्ट्रपति भण्डारीलाई गत केन्द्रीय कमिटी बैठकले बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो। मनोनीत गरेपछि भण्डारी आज पहिलो पटक पार्टी बैठकमा सहभागी भएकी छन्।