लमजुङको रैनामैनामा सबैभन्दा बढी वर्षा, आवश्यक सतर्कता अपनाउन आग्रह

लमजुङको रैनामैनामा सबैभन्दा बढी वर्षा, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडाैं। पछिल्लो एक घण्टामा लमजुङको रैनामैना वर्षा मापन केन्द्रमा २८.६ मिलिमिटर वर्षा दर्ता भएको छ।

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यो आज बिहान ७:५८ बजेसम्मको मापन हो, जुन अवधिभर देशमै सबैभन्दा बढी वर्षा यही क्षेत्रमा भएको छ।

हाल गण्डकी प्रदेशका केही स्थानहरूका साथै बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका छिटफुट स्थानहरूमा हल्कादेखि मध्यम वर्षा जारी छ। महाशाखाले ती क्षेत्रहरूमा अझै थप वर्षा हुन सक्ने आकलन गर्दै आवश्यक सतर्कता र सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

छुटाउनुभयो कि ?