कर्कट र मकरलाई व्यापारमा फाइदा, मेष र सिंहले सतर्कता अपनाउनुपर्ने

कर्कट र मकरलाई व्यापारमा फाइदा, मेष र सिंहले सतर्कता अपनाउनुपर्ने

१. मेष (Aries)

दिन सामान्य रहनेछ। व्यापार व्यवसायमा केही घाटा हुनसक्ने भएकाले नाफा कमाउन थप मिहिनेत गर्नुपर्नेछ। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला, नत्र बोलीकै कारण आफन्तहरू टाढा हुन सक्छन्। पश्चिम दिशातर्फको लामो यात्रा नगर्नु नै उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर र प्रगाढ बन्नेछ।

२. वृष (Taurus)

दिन निकै राम्रो रहनेछ। पुरानो वा गुम्न लागेको सम्पत्ति फिर्ता हुने योग छ। शिक्षा र राजनीतिक क्षेत्रमा गर्नुभएको प्रयास सफल हुनेछ। अग्रजको सल्लाह र मार्गदर्शनमा गरेको कामबाट विशेष फाइदा मिल्नेछ। स्वास्थ्यमा भने केही समस्या आउन सक्ने भएकाले सजग रहनुहोला।

३. मिथुन (Gemini)

दिन शुभ रहनेछ। तपाईँको बोलीको प्रभाव बढ्नेछ र अड्किएका कामहरू सहजै बन्नेछन्। साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ। राजनीति तथा सामाजिक क्षेत्रबाट फाइदा मिल्नेछ। शिक्षाको क्षेत्रमा भने सोचेजस्तो नतिजा पाउन थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

४. कर्कट (Cancer)

आजको दिन निकै राम्रो छ। व्यापार व्यवसायमा राम्रो नाफा हुनेछ भने विदेशी लगानी फस्टाएर जानेछ। विपक्षीहरूसँगको कारोबारमा पनि तपाईँलाई नै फाइदा मिल्नेछ। परिवारमा मेलमिलाप, सुख र शान्तिको वातावरण बन्नेछ।

५. सिंह (Leo)

दिन सामान्य रहनेछ। सामाजिक क्षेत्रमा केही आलोचना खेप्नुपर्ने हुनसक्छ, जसले गर्दा मन अशान्त बन्न सक्छ। राम्रो काम गर्दागर्दै पनि खराब आरोप लाग्ने जोखिम छ। खानपान र रहनसहनमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ।

६. कन्या (Virgo)

दिन फलदायी र राम्रो रहनेछ। छोटो दूरीको घुमघाम वा यात्राको योग छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सेवा गर्ने नयाँ अवसरहरू प्राप्त हुनेछन्। परिवारको पूर्ण सहयोगमा थालिएका कामहरू सफल हुनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

७. तुला (Libra)

आजको दिन उत्तम रहनेछ। पठनपाठन र बौद्धिक कार्यमा मन जानेछ। तपाईँले गरेको कामको सर्वत्र प्रशंसा हुनेछ। राजनीतिक तथा कूटनीतिक क्षेत्रमा चासो बढ्नेछ। पारिवारिक साथ-सहयोगका साथै प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ।

८. वृश्चिक (Scorpio)

दिन निकै शुभ र भाग्यशाली रहनेछ। गुम्न लागेको सम्पत्ति हात लाग्नुका साथै नयाँ सम्पत्ति आर्जनको योग छ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईँको प्रशंसा हुनेछ। परिवारको पूर्ण साथ मिल्नेछ भने धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

९. धनु (Sagittarius)

दिन सामान्य रहनेछ। सानातिना कुराले पनि मानसिक चिडचिडाहट बढाउन सक्छ। आम्दानीको तुलनामा खर्चको मात्रा बढ्नेछ। स्वास्थ्यमा केही समस्या आउन सक्नेछ। राजनीति र सामाजिक काममा मन जानेछ भने परिवारसँगको सम्बन्ध सहज र सामान्य रहनेछ।

१०. मकर (Capricorn)

दिन अत्यन्तै शुभ छ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् भने लामो समयदेखि रोकिएको सम्पत्तिको बाटो खुल्नेछ। राज्यको तर्फबाट केही विशेष लाभ वा सम्मान मिल्ने योग छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् र पारिवारिक सम्बन्ध मधुर रहनेछ।

११. कुम्भ (Aquarius)

आजको दिन राम्रो रहनेछ। मनमा शान्ति र सन्तोष छाउनेछ। राजनीतिक तथा सामाजिक काममा चासो बढ्नेछ। सोचेका र योजना बनाएका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। परिवारको पूर्ण सहयोग रहनेछ भने दिन पारिवारिक जिम्मेवारी पूरा गर्दै बित्नेछ।

१२. मीन (Pisces)

दिन केही सामान्य वा चुनौतीपूर्ण रहनेछ। सानातिना विषयले मनमा तनाव बढाउन सक्छ। आफूभन्दा अग्रज वा ठूला व्यक्तिबाट अपमानित भएको महसुस हुनसक्छ। स्वास्थ्यमा समस्या आउने सम्भावना छ। यद्यपि, शिक्षाको क्षेत्रमा केही सुधारका संकेत देखिनेछन् र परिवारको साथ मिल्नेछ।

छुटाउनुभयो कि ?