कोहलपुरमा चेकजाँचमा बालिकाको संवेदनशील अंग छोएको आरोपमा कुटिए स्वास्थ्यकर्मी

कोहलपुरमा चेकजाँचमा बालिकाको संवेदनशील अंग छोएको आरोपमा कुटिए स्वास्थ्यकर्मी

रुपन्देही । बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा स्वास्थ्यकर्मीले चेकजाँचका क्रममा बालिकालाई संवेदनशील अंगमा हात लगाएको भन्दै बिरामी र उनका आफन्तले कुटेका छन् । तर त्यसरी पिटाई खाने व्यक्ति डाक्टर नभएर सिएमए गरेका स्वास्थ्यकर्मी गणेशबहादुर थापा हुन् ।

शनिबार उनको मेडिकलमै पुगेर बिरामी र उनका आफन्तले कुटेका हुन् । पाको उमेरका स्वास्थ्यकर्मीले गोप्य अंगमा हात लगाएपछि ती बालिकाले आफन्तलाई भनेकी थिइन् । केही समयमा मेडिकलमा आफन्तसहित पुगेका उनीहरुले पटकपटकउनलाई कुटेको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको छ । पेट दुःखेर पुगेकी ती बालिकालाई डाक्टरले जबर्जस्ती सुरुवाल खोलेर गोप्य अङ्गमा हात लगाएको आरोपमा हातपात भएको हो ।

तर ती डक्टरले बिरामीले सेतो पानी बग्ने, गानोगोला भएको र तल्लो पेट दुखेको बताएकाले बिरामीकै आग्रहमा चेक गरेको भन्दै कुनै गलत उद्देश्य नभएको बताएका छन् । पिटाइ खाएका स्वास्थ्यकर्मीलाई हिजै नियन्त्रणमा लिएको र आज अर्को पक्षलाई पनि बोलाइएको बाँके प्रहरीका सूचना अधिकारी प्रतितसिंह राठौरले जानकारी दिए ।

छुटाउनुभयो कि ?