काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयु) का संस्थापक उपकुलपति प्रा. डा सुरेशराज शर्माको बुधबार साँझ निधन भएको छ।

काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा शर्माको निधन भएको हो। ८६ वर्षीय शर्मा केहि दिनदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए। उनको आइसियूमा उपचार भइरहेको थियो।

उपकुलपति विवेक बरालले शर्माको निधन बारे जानकारी दिँदै भनेका छन्- ‘काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति तथा विश्वविद्यालय परिवारका हामी सबैका अभिभावक आदरणीय प्रा. डा. सुरेश राज शर्मा अब हामीमाझ रहनुभएन। नेपाली शिक्षा जगतका एक महान् नक्षत्र, दूरदर्शी शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका प्रेरणास्रोत आदरणीय सुरेश सरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँको योगदान, मार्गदर्शन र शैक्षिक विरासत सदैव हाम्रो स्मृतिमा जीवित रहनेछ।’

सीटीईभीटी स्थापनाका भएसँगै पहिलो कार्यकारी निर्देशक बनेका शर्माले काठमाडौं विश्वविद्यालय स्थापनमा भूमिका खेल्दै पहिलो उपकुलपति बनेका थिए। सन् १९९१ देखि २०१२ सम्म उनी लगातार उपकुलपति रहेका शर्मा हाल पनि केयुको बोर्ड अफ ट्रस्टीमा आबद्ध थिए।

छुटाउनुभयो कि ?