काठमाडौँको टेकुस्थित प्लास्टिक गोदाममा भीषण आगलागी

काठमाडौँको टेकुस्थित प्लास्टिक गोदाममा भीषण आगलागी

काठमाडौं। काठमाडौँको टेकुस्थित एक प्लास्टिक गोदाममा सोमबार साँझ भीषण आगलागी भएको छ। आगलागीको जानकारी पाउनासाथ प्रहरी वृत्त कालिमाटीको टोली र दुई वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका हुन्।

आगलागी हुनुको स्पष्ट कारण र गोदाम कसको हो भन्नेबारे अझै खुल्न सकेको छैन। घटनाबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?