माथिल्लो त्रिशूली १ को सुरुङभित्र थप ११ शव फेला, उद्धार कार्य जारी

माथिल्लो त्रिशूली १ को सुरुङभित्र थप ११ शव फेला, उद्धार कार्य जारी

काठमाडौं। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र थप ११ जनाको शव फेला परेको छ। आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजी गर्ने क्रममा शनिबार ती शवहरू भेटिएका हुन्।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शव बाहिर निकालेको आयोजनाले जनाएको छ।

यसअघि शुक्रबार दिउँसो १३ वटा र साँझ थप ५ वटा शव फेला परेका थिए। सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजी कार्यलाई तीव्रताका साथ जारी राखिएको नेपाली सेनाले जनाएको छ।

छुटाउनुभयो कि ?