चितवनमा फेला परेका भोटेकोशी बाढीका १४ शवको पहिचान, ८१ जना आफन्तको डिएनए संकलन

चितवनमा फेला परेका भोटेकोशी बाढीका १४ शवको पहिचान, ८१ जना आफन्तको डिएनए संकलन

चितवन। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि चितवन क्षेत्रमा फेला परेका ३६४ शवमध्ये हालसम्म १४ जनाको पहिचान खुलेको छ। हराइरहेका अन्य व्यक्तिहरूको पहिचान स्पष्ट पार्न प्रहरीले उनीहरूका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन गरी परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका धेरैजसो शवहरू अत्यधिक बिग्रिएको (पहचान गर्न नसकिने) अवस्थामा रहेकाले डिएनए परीक्षण र कानूनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको हो। पहिचान खुलेका १४ शवलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइसकिएको छ।

बाँकी रहेका शवमध्ये ३४९ वटाको डिएनए नमूना सुरक्षित राखेर कानूनी विधिअनुसार अन्तिम व्यवस्थापन गरिसकिएको र अब एउटा मात्र शव व्यवस्थापन गर्न बाँकी रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। आफन्तहरूले दिएको डिएनए नमूना प्रयोगशालाको रिपोर्टसँग जुधाएर बाँकी शवहरूको पनि पहिचान खुलाउने कार्यलाई प्रहरीले तीव्रता दिएको छ।

छुटाउनुभयो कि ?