उपत्यकाको सडकमा ट्राफिक कडाइ: मापसे, तीव्र गति र लेन मिच्नेसहित ९२३ जना परे

उपत्यकाको सडकमा ट्राफिक कडाइ: मापसे, तीव्र गति र लेन मिच्नेसहित ९२३ जना परे

काठमाडौं।  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९२३ जना सवारी चालकलाई प्रहरीले कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८१ जना, तीव्र गतिमा सवारी हाँक्ने १३४ जना र रातो बत्तीको इसारा उल्लंघन गर्ने ५९ जना चालक रहेका छन्।

यसैगरी, सिसीटिभीमार्फत निगरानी गरेर ६६ जना, हर्न निषेध क्षेत्रमा हर्न बजाउने २५ जना, लेन अनुशासन पालना नगर्ने ३३ जना, सवारी साधनको यान्त्रिक अवस्था ठिक नराख्ने २७ जना र एकतर्फी (वन-वे) सडकमा सवारी चलाउने २ जनालाई कारबाही गरिएको छ। अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने ४९३ जना चालकलाई पनि कारबाहीको दायरामा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ।