काठमाडौं। संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) मा खटिएका नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ।
मिसन इलाकामा रहेको सैनिक प्रहरी युनिटको ११औँ डफ्फालाई बदली गर्न १२औँ डफ्फाका ७१ जना शान्ति सैनिकहरू आज त्यसतर्फ प्रस्थान गरेका छन्। प्रमुख सेनानी रवीन श्रेष्ठको नेतृत्वमा रहेको उक्त टोली मिसन इलाकातर्फ उडेको हो।
यसैगरी, उक्त मिसनमा आफ्नो सफलतापूर्वक कार्यकाल सम्पन्न गरी प्रमुख सेनानी सुमन थापाको नेतृत्वमा रहेको ७५ जना नेपाली शान्ति सैनिकहरूको टोली आजै स्वदेश फिर्ता भएको छ।