भोटेकोशी बाढी: चितवनमा भेटिएका ३३३ शवको व्यवस्थापन, पहिचानका लागि ६८ जनाको डिएनए संकलन

भोटेकोशी बाढी: चितवनमा भेटिएका ३३३ शवको व्यवस्थापन, पहिचानका लागि ६८ जनाको डिएनए संकलन

नारायणगढ (चितवन): रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट उद्धार गरिएका शवहरूको व्यवस्थापन तथा डिएनए परीक्षणमार्फत पहिचान प्रक्रिया तीव्र पारिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानमा ३६२ वटा शव फेला परेका छन्। फेला परेकामध्ये ३३३ शवको व्यवस्थापन सम्पन्न भइसकेको छ भने पहिचान खुलेका १४ वटा शव आफन्तको जिम्मा लगाइएको छ।

अनपेक्षित अवस्थामा रहेका शवहरूको वैज्ञानिक पहिचानका लागि भदौ १६ गतेदेखि आफन्तको डिएनए (DNA) नमूना सङ्कलन थालिएको हो। भदौ २० गतेसम्ममा बेपत्ता भएका व्यक्तिका ६८ जना आफन्तको डिएनए नमूना लिइसकिएको डिएसपी यादवले जानकारी दिनुभयो।

प्रहरीको तथ्याङ्क अनुसार नमूना सङ्कलनको विवरण निम्न बमोजिम छ:

  • भदौ १६: ७ जना (सबै पुरुष)

  • भदौ १७: २६ जना (२ महिला, २२ नेपाली पुरुष र २ भारतीय पुरुष)

  • भदौ १८: २२ जना (४ महिला, १४ नेपाली पुरुष, १ बालक र ३ भारतीय पुरुष)

  • भदौ १९: ७ जना (१ महिला, ४ नेपाली पुरुष, १ बालक र १ भारतीय पुरुष)

  • भदौ २०: ६ जना (२ महिला, १ पुरुष र ३ बालक)

प्रहरी नायब उपरीक्षक यादवका अनुसार नदी किनारमा अझै पनि खोजी कार्य जारी राखिनुका साथै बेपत्ताको विवरण सङ्कलन, आफन्तको डिएनए सङ्कलन र अन्तर-निकाय समन्वयका कामहरू निरन्तर भइरहेका छन्।

छुटाउनुभयो कि ?